सनातन हिन्दुराष्ट्रको माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’
फोटोफिचर
काठमाडौं। नेपाललाई सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा धार्मिक ‘साउन पैदल यात्रा’ आयोजना गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा श्रावणको अन्तिम सोमबार पैदलयात्रा गरिएको हो। मैतिदेवी मन्दिरबाट सुरु भएको यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको थियो।
पैदलयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागिता थियो। सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न नाराहरू लगाएका थिए।
संगठनले धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन परम्पराको प्रवर्द्धन र हिन्दुराष्ट्र पुनःस्थापनाको मागलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले ‘साउन पैदल यात्रा’ आयोजना गरिएको जनाएको छ।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको












