`

किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, तत्काल रिहाइको माग

Nepal One HD २८ साउन २०८३ ७:५०
प्रमुख खबर

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई श्रेष्ठलाई राज्यले पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको बताएका हुन्।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले लेखेका छन्।

उनले श्रेष्ठलाई तत्काल रिहा गर्न माग समेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *