`

ओलीलाई अध्यक्षबाट हटाउने कुरा असान्दर्भिक : सांसद पाेर्तेल

Nepal One HD ५ भदौ २०८३ ६:५५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले पार्टी पुनगर्ठनको नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने बताएका छन् । उनले नेतृत्व हेरफेर महाधिवेशनबाहेक अन्य विकल्पबाट नहुने बताए ।

नेपाल वान एचडीसँग गरिएको संवादको क्रममा उनले भने, ‘उहाँलाई नेतृत्वमा आउन नदिने र आएपछि पटकपटक हटाउन खोज्ने प्रवृत्ति अहिलेदेखिको होइन तर पुनगर्ठनको नाममा अध्यक्ष ओली हट्नु हुन्न, हटाउनु हुँदैन । अब चार वर्ष कुर्नुपर्छ ।’

पार्टी पुनर्गठन राजनीतिक विचार, कार्यदिशा र संगठन सुदृढीकरणका लागि गर्न सकिने बताए । तर, नेतृत्व परिवर्तनका लागि नहुने उनको भनाइ छ ।

पार्टी चुनावमा हारेको विषयलाई आधार बनाएर नेतृत्व परिवर्तनको एजेण्डा स्वीकार्य नहुने पनि बताए ।

‘चुनावमा नेतालाई कार्यकर्ताले नै पत्याएनन्, कार्यकर्तालाई जनताले,’ उनले भने, ‘जितको जसरी सामूहिक रुपमा अपनत्व ग्रहण गरिन्छ, हारको पनि त्यस्तै गर्नुपर्छ ।’

सांसद पोर्तेलले एमालेलाई पुनर्जागृत गर्दै आगामी प्रदेश र स्थानीय तह निर्वाचनबाट शक्तिमा फर्काउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *