`

एमालेमा नेतृत्व परिवर्तनको पक्षमा छैनौँ : महासचिव पोखरेल

Nepal One HD ६ भदौ २०८३ २०:३१
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा तत्काल नेतृत्व परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।

शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमाले अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित पुनर्संरचना र पुनर्गठनको प्रक्रियामा रहेको बताए।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे। पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालमा हुने बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनको भनाइ थियो।

पोखरेलले एमालेको महाधिवेशन कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको बताए।

उनले पार्टीको आन्तरिक निर्णय र नेतृत्वसम्बन्धी विषयलाई सामाजिक सञ्जाल तथा सार्वजनिक बहसका आधारमा टुंगो लगाउन नसकिने स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *