`

अस्ट्रेलियामा नेपाल ‘ए’ को ब्याटिङ फेरि फ्लप, लगातार खराब प्रदर्शन

Nepal One HD १९ भदौ २०८३ १४:५१
खेलकुद

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपालको ‘ए’ टोलीले एकदिवसीय क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा नेपाल दक्षिण अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो।

दक्षिण अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल १२१ रनमै समेटियो। नेपालका लागि रशिद खानले सर्वाधिक ३७ रन बनाए भने दीपक डुम्रेले १८ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

दक्षिण अस्ट्रेलियाका एस जोनसनले ३ तथा सिजे थमसनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। उसका लागि हूगेनबोइजेमले शतकीय पारी खेल्दै १११ रन बनाए भने ब्याग्सले ४२ रन जोडे।

नेपालका रशिद खानले २ विकेट लिए। रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बमले समान १–१ विकेट हात पारे।

नेपाल यसअघि पहिलो खेलमा तास्मानियासँग पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम एकदिवसीय खेल आइतबार न्युजिल्यान्डको ‘ए’ टोलीसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *