‘कंगाल करोडपति’: बाढीपीडितलाई ५१ हजार दिने घोषणा
चलचित्र
काठमाडौं। रसुवाको भोटेकोसी बाढीबाट प्रभावितलाई सहयोग गर्ने घोषणा गर्दै चलचित्र ‘कंगाल करोडपति’को शुभमुहूर्त गरिएको छ।
राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रको शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गरिएको हो।
प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवादको जिम्मेवारी चानस पुन मगरले सम्हालेका छन्।
शुभमुहूर्तकै अवसरमा निर्माण पक्षले भोटेकोसी बाढीपीडितका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
