`

त्रिशुलीमा फसेकी चन्डिकाको ११ दिनपछि जीवितै उद्धार

Nepal One HD २० भदौ २०८३ १३:५८
बिशेष

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित त्रिशुलीमा फसेकी चन्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

बाढीका कारण घरबाट बाहिर निस्कन नसकेर विगत ११ दिनदेखि चौथो तलामा थुनिएकी चन्डिकालाई नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रूपमा उद्धार गरेको हो।

उद्धारपछि उनलाई सुरक्षित स्थानमा ल्याइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरिने बताइएको छ।

गत भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको थियो। बाढीका कारण थुप्रै मानिस फसेका तथा सम्पर्कविहीन भएका छन्। सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *