`

अर्थमन्त्री वाग्ले भारत प्रस्थान, सीतारमणसँग आज र जयशंकरसँग शुक्रबार भेटवार्ता तय

Nepal One HD १ असोज २०८३ ८:२४
बिशेष

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत प्रस्थान गरेका छन् । उनी भारत सरकारको निमन्त्रणामा छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भारत भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी छन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ः०० बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नेउच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनीप्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *