`

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ – अध्यक्ष खर्गे

Nepal One HD १८ असोज २०८३ १९:०९
नेपाली कांग्रेस

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै अध्यक्ष खर्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गरेका हुन् । उनले कांग्रेसको महाधिवेशन संस्थापक नेता बिपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य-मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसर भएको बताए ।

“राष्ट्रिय महाधिवेशन वास्तवमा तपाईंका संस्थापक स्वर्गीय बिपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य-मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार-विमर्श गर्ने महत्त्वपूर्ण अवसर हो”, अध्यक्ष खर्गेले सन्देशमा भनेका छन् ।

उनले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गरे । “म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च सम्मान गर्दछु”, अध्यक्ष खर्गेले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *