बालेनको व्यंग्यपछि जेनजी अभियन्ता रक्षा बमको जवाफ– ‘जेनजीले रगत बगाएर प्रधानमन्त्री, मन्त्री र सांसद बनाएका छन्’
बिशेष
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै व्यङ्ग्य गरेपछि जेनजी अभियन्ता रक्षा बमले प्रतिक्रिया जनाएकी छन्।
बमले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘धन्न जेनजीहरूले आन्दोलन गरेर, रगत बगाएर, घाइते र सहिद भएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्’ भन्दै जवाफ दिएकी हुन्।
यसअघि प्रधानमन्त्री शाहले कांग्रेसको महाधिवेशनमा भएको आलोचनाप्रति लक्षित गर्दै ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका थिए।
कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
