प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
प्रशासन
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा उनी बेलायत गएका हुन्।
नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलको भ्रमण असोज १९ देखि २५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुर्याउने अपेक्षा नेपाली सेनाले गरेको छ।
बेलायत प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
साथै, प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
