नेप्से १२ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ।
सोमबार नेप्से २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा रोकिएको थियो। त्यस दिन ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
मंगलबार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। ३५९ वटा कम्पनी तथा धितोपत्रका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा किनबेच भएका छन्।
कारोबारमा आएका स्टकमध्ये १६९ वटाको मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। १५ वटा स्टकको मूल्य भने स्थिर रह्यो।
नेप्से दोहोरो अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुगेन। त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। लिबर्टी इनर्जीको १३ करोड, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड तथा लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावरको ८/८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार दुई समूहका उपसूचकबाहेक बाँकी सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्।
