‘जुनसुकै बेला नेपाललाई युक्रेन बनाउन सक्ने अवस्था आउन सक्छ’ – आङदेम्बे
नेपाली कांग्रेस
काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।
कांग्रेस महाधिवेशनमा बोल्दै उनले जुनसुकै बेला मुलुकलाई ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने बताए। नेतृत्वका लागि प्रतिस्पर्धाभन्दा भरोसा गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने पार्टी नभई विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाबारे बहस गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
