`

निती शाहको पहिलो नेवाः गीतले २४ घण्टामै कमायो एक लाख भ्युज

Nepal One HD १ कार्तिक २०८३ १२:०४
मनोरञ्जन

काठमाडौं । अभिनेत्री निती शाहले पहिलोपटक अभिनय गरेको नेपाल भाषाको म्युजिक भिडियो ‘नुगलय् तय्लात’ले सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाखभन्दा बढी भ्युज पाएको छ। दसैंको अवसरमा सार्वजनिक गीतमा नितीको अभिनय र नृत्यले दर्शकको ध्यान खिचेको छ।

गायिका निशा देशार र गायक तथा संगीतकार रोज मान महर्जनको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि महर्जनकै छ। ज्यास फिल्म्सको प्रस्तुतिमा बनेको भिडियोमा नितीसँगै मनोज महर्जन, सञ्जना महर्जन र जेनिश शाक्यले अभिनय गरेका छन्।

सृष्टि महर्जनको कोरियोग्राफी र आशुतोष बराहीको निर्देशनमा तयार भिडियोमा प्रेम, भावना र मनोरञ्जनलाई समेटिएको छ। गीतको रेकर्डिङ, एरेन्जमेन्ट, मिक्सिङ तथा मास्टरिङ फिरोज बज्राचार्यले गरेका हुन्। गीत ज्योति रेकर्ड्समा रेकर्ड गरिएको हो।

निशा देशार र रोज मान महर्जन यसअघि ‘ऐला लूवया’, ‘माया मदुला’ र ‘मखं त्वाः या ग्वाः’ लगायतका नेपाल भाषाका गीतबाट श्रोतामाझ परिचित छन्। उनीहरूको नयाँ प्रस्तुतिले पनि सार्वजनिक भएको छोटो समयमै दर्शकको साथ पाएको छ।

नेपाल भाषा, संस्कृति र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन गीतसंगीतले महत्वपूर्ण भूमिका खेल्ने गायक तथा संगीतकार महर्जनको अपेक्षा छ।

साथै, दसैंको उल्लासमय समयमा सार्वजनिक ‘नुगलय् तय्लात’ले नेपाल भाषाका गीतसंगीतप्रति रुचि राख्ने श्रोता र निती शाहका प्रशंसकलाई आकर्षित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *