`

फ्रान्सको आन्दोलनबारे बाबुराम भट्टराईको टिप्पणी : ‘शासकहरू होसियार!’

Nepal One HD ३ कार्तिक २०८३ १२:२७
बिशेष

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फ्रान्समा भइरहेको आन्दोलनलाई लिएर विश्वका शासकहरूलाई सचेत रहन चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत फ्रान्समा भइरहेको आन्दोलनको भिडियो साझा गर्दै सन् १७८९ को फ्रान्सेली क्रान्तिको प्रसंग उल्लेख गरेका हुन् ।

‘सन् १७८९ देखि इतिहास साक्षी छ-फ्रान्सका जनता शासकहरूविरुद्ध विद्रोह गर्छन् र त्यसपछि बाँकी विश्वले पनि त्यसको अनुसरण गर्छ,’ भट्टराईले लेखेका छन् ।

उनले विश्वका शासकहरूलाई लक्षित गर्दै ‘संसारका शासकहरू होसियार!’ भन्दै चेतावनीसमेत दिएका छन् ।

भट्टराईको टिप्पणीले जनताको असन्तुष्टि र आन्दोलनले राजनीतिक परिवर्तनमा पार्न सक्ने प्रभावलाई संकेत गरेको छ । सन् १७८९ मा सुरु भएको फ्रान्सेली क्रान्तिले निरंकुश राजतन्त्रलाई चुनौती दिँदै स्वतन्त्रता, समानता र जनसार्वभौमिकताका विचारलाई विश्वव्यापी रूपमा फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *