`

राष्ट्रपति पौडेलले गरे शीतल निवासमा नवकन्याको पूजार्चना

Nepal One HD ४ कार्तिक २०८३ ११:५३
बिशेष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन्।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले परम्पराअनुसार नौ जना कन्याको पूजा गरेका हुन्। नवरात्रका अवसरमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने धार्मिक परम्परा छ।

हिन्दू धर्मशास्त्रअनुसार नवदुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यही परम्पराअनुसार नवकन्यालाई देवी दुर्गाका स्वरूप मानेर पूजाआजा गर्ने चलन छ।

पूजाका क्रममा राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिएका थिए। साथै, उनले कन्याहरूलाई उपहारसमेत प्रदान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *