यस्तो छ एनपीएलको सम्पूर्ण खेलतालिका
काठमाडौं। नेपाली क्रिकेटको उत्सव र महासंग्राम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबार साँझ ५ बजेदेखि सुरु हुँदै छ। एनपीएलको यस संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्नेछन्।
प्रतियोगिताको पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्दै छ।
प्रतियोगिताको दोस्रो खेल अक्टोबर २७ मा विराटनगर किङ्स र चितवन राइनोज तथा तेस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ।
अक्टोबर २८ मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। अक्टोबर २९ मा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल हुनेछ।
त्यस्तै, ३१ अक्टोबरमा पनि दुई खेल हुनेछन्। जसमा दिउसोको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिष्पर्धा गर्नेछन् भने साँझको खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्नेछन्।
१ नोभेम्बरमा एक खेल मात्रै हुनेछ। क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्।
२ नोभेम्बरमा भने दुई खेल हुनेछन्। यो दिनको पहिलो काठमाडौं गोर्खाज र कर्णाली याक्सको हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
३ नोभेम्बर विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिष्पर्धा हुनेछ।
४ नोभेम्बरमा भने कुनै पनि खेल राखिएको छैन।
त्यस्तै, ५ नोभेम्बरमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्नेछन्।
६ नोभेम्बरको खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।
नोभेम्बर ७ का दिन काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सको खेल हुनेछ भने नोभेम्बर ९ का दिन २ वटा खेल हुनेछन्। जसमा पहिलो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्स छ भने साँझको खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज खेल्नेछन्।
नोभेम्बर १० मा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्नेछन्।
त्यस्तै, १२ नोभेम्बर को पहिलो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच छ भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सको भिडन्त हुनेछ।
१३ नोभेम्बर काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्नेछन्।
१४ नोभेम्बरमा एक मात्रै खेल छ। जसमा विराटनगर किङ्स र लुम्बिनी लायन्सको प्रतिष्पर्धा हुनेछ।
लिग चरणको अन्तिम दिन दुई खेल हुनेछन्। १५ नोभेम्बरमा चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजको खेल हुनेछ।
लिग चरणका खेल सकिएसँगै १७ नोभेम्बरमा प्ले अफका खेलहरु सुरु हुनेछन। १७ नोभेम्बरमा हुने प्ले अफको पहिलो खेलमा पोइन्ट टेबलमा रहने पहिलो र दोस्रो स्थानका टोलीबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै, १८ नोभेम्बरमा एलिमिनेटरको खेलमा तालिकाको तेस्रो र चौथो नम्बरका टोलीबीच भिडन्त हुनेछ।
१९ नोभेम्बरमा हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेता टोली आमनेसामने हुनेछन्।
फाइनल भने २१ नोभेम्बरमा हुन्छ। प्रतियोगिताका सबै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। दिउसो हुने खेल १२:३० मा सुरु हुनेछन् भने साँझको खेल ५ बजेबाट सुरु हुनेछ।
