कोप ३१ मा सबै सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौँ : मन्त्री चौधरी
राजनीति
काठमाडौं । आगामी जलवायु सम्मेलन (कोप ३१) मा समुदाय, नागरिक समाज र सांसदलगायत सबै सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बताएकी छन् ।
बुधबार बसेको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले समितिसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
समितिका सभापति गणेश पराजुलीले जलवायु उत्थानशील पूर्वाधार निर्माणका लागि नेपालको आर्थिक क्षमता बढाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, नेपाली उत्पादनको बजार पहुँच र व्यापार घाटा न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
