`

प्रधानमन्त्री बालेनका चुनावी प्रतिस्पर्धी रञ्‍जित तामाङ सरकारकाे कार्यशैलीसँग रुष्ट

Nepal One HD १६ कार्तिक २०८३ १३:१७
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता रञ्‍जित तामाङले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्‍न उठाएका छन् ।

उनले सरकारका काम र नयाँ उपलब्धिको प्रतीक्षा गर्नुपर्ने देश प्रधानमन्त्रीको स्टाटस र फण्डाको प्रतीक्षामा बस्न थालेको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री बालेनसँग झापा-५ मा गत वर्षकाे २१ फागुनमा चुनावी प्रतिस्पर्धा गरेका तामाङले सामाजिक सञ्‍जालमार्फत सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्रीका सामाजिक सञ्जाल पोस्ट गर्ने, हटाउने र पुनः पोस्ट गर्ने गतिविधिले सरकारप्रतिको अपेक्षालाई नै फरक भाष्यमा बदल्न थालेको उनको टिप्पणी छ ।

‘सरकारको नयाँ कामको अपेक्षाभन्दा धेरै प्रधानमन्त्रीको स्टाटस र फण्डाको प्रतीक्षामा बसेको छ, देश । बिस्तारै यो भाष्य तय हुँदैछ,’ उनले लेखेका छन्, ‘हरेक पोस्ट-डिलिट-फेरि पोस्टहरूले।’

प्रधानमन्त्री बालेनले शनिबार त्रिवि क्रिकेट रंगशालामा विराटनगर किङ्‍ग्स र सुदूरपश्‍चिम राेयल्सबीच भएकाे ५ ओभरकाे खेलबारे थियाे । जुन स्टाटस उनले डिलेट गरेका छन् । यसबारे नेता तामाङले व्यङ्‍ग्य गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *