प्रधानमन्त्री बालेनको संकेतपूर्ण चेतावनी – ‘सही समय आएपछि सबैको गलत समय आउँछ, उम्किने सपना नदेखे हुन्छ’
बिशेष
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत कडा सन्देश दिएका छन् ।
उनले सही समय आएपछि सबैको गलत समय आउने भन्दै कोही पनि उम्किने सपना नदेख्न चेतावनी दिएका हुन् ।
‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्रीले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने खुलाएका छैनन् । उनको स्टाटसको वास्तविक सन्दर्भसमेत स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
