`

भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो’ (तस्वीरहरू)

Nepal One HD १८ कार्तिक २०८३ १५:५८
फोटोफिचर

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ।

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सुरु भएको एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन्।

तिहारलाई लक्षित गर्दै आयोजना गरिएको प्रदर्शनीमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडीबुटी नर्सरीका सामग्री एकै ठाउँमा राखिएका छन्। विभिन्न प्रजातिका फूल, फलफूलका बिरुवा, कृषि तथा वनजन्य बिरुवा र जडीबुटीको अवलोकन तथा खरिद गर्न सकिने गरी एक्स्पो आयोजना गरिएको हो।

एक्स्पो कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीले तिहारका लागि फूल तथा बिरुवाको बजार प्रवर्द्धन गर्नुका साथै नर्सरी व्यवसायीलाई आफ्ना उत्पादन र सेवा उपभोक्तासमक्ष पुर्‍याउने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।

 

तस्वीर : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *