`

आईजीपी मनोज केसीको पहिलो घोषणा : प्रहरी जवान र हवल्दारका गुनासा सुन्न तत्काल संयन्त्र बन्ने

Nepal One HD १९ कार्तिक २०८३ १९:३६
बिशेष

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन्।

गृहमन्त्री सुदन गुरुङबाट दर्ज्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवल्दारका समस्या तथा गुनासा सुन्न गृह मन्त्रालयमै प्राथमिकताका साथ संयन्त्र सञ्चालन गर्ने बताएका हुन्।

केसीले प्रहरी संगठनमा सरुवा–बढुवाको निष्पक्षता, स्रोतसाधनको अभाव, लामो कार्यघण्टा र कर्मचारीको मानसिक स्वास्थ्यलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।

त्यस्तै, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक, लागुऔषध, मानव बेचबिखन तथा संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनले पछिल्ला घटनाक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धमा चुनौती थपेको उल्लेख गर्दै प्रहरीप्रतिको जनविश्वास पुनर्निर्माण गर्नु आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। साथै, प्रहरी संगठनलाई थप उत्तरदायी, सक्षम र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *