जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले दियो १ सय ५० रनको लक्ष्य
खेलकुद
काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ९९ रन बनाउँदै जनकपुरलाई १ सय ५० रनको लक्ष्य दिएको हो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए। त्यस्तै निरोशन डिकेवेलाले २७ तथा आसिफ शेखले २१ रनको योगदान दिए।
जनकपुरका लागि राहुल यादव र विशाल सुशलिङले समान २–२ विकेट लिए। त्यस्तै ललित राजवंशी, अभिषेक तिवारी र कप्तान हरमित सिंहले समान १–१ विकेट हात पारे।
अब जनकपुर बोल्ट्सलाई जितका लागि १ सय ५० रन आवश्यक छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
