कुन दल र नेताप्रति लक्षित हो बालेनको टिप्पणी ? फेसबुक स्टाटसपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको पछिल्लो स्टाटसले राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
शाहले देश जोगाउने र पार्टी जोगाउनेबीच फरक रहेको उल्लेख गर्दै केही राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति लक्षित देखिने टिप्पणी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्,
‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्। हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिमा कसलाई लक्षित गरिएको हो भन्नेबारे भने स्पष्ट खुलाइएको छैन। तर, उनको स्टाटस सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ।
शाहले कुन राजनीतिक दल, नेता वा घटनालाई संकेत गरेर यस्तो टिप्पणी गरेका हुन् भन्ने विषय अहिले चासोको विषय बनेको छ। यद्यपि, उनले आफ्नो स्टाटसमा कुनै दल वा व्यक्तिको नाम उल्लेख गरेका छैनन्।
