लामो छलफलपछि सरकार र डा. केसीबीच सहमति, २५औँ सत्याग्रह अन्त्य भएको घोषणा
बिशेष
काठमाडौं । नेपाल सरकार र अनसनरत डा। गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा।केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गरेका हुन् ।
पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन् ।
डा। केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा। केसीको अन्तिम अनसन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।’
डा. गोबिन्द केसी र सरकारबीच भएको सहमतिमा डा। केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा।डा।जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा।बद्री रिजालले हस्ताक्षर गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
