`

हर्क साम्पाङको माग – प्रधानमन्त्री बालेनदेखि गृहमन्त्री सुधनसम्मको सम्पत्ति छानबिन गरियोस्

Nepal One HD २२ कार्तिक २०८३ ९:१३
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। उनले सम्पत्ति छानबिन अभियान आफ्नैबाट सुरु गर्नुपर्ने बताउँदै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको समेत सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने बताएका हुन्। उनले सम्पत्ति छानबिन गर्दा कुनै व्यक्ति वा पदका आधारमा विभेद गर्न नहुने संकेतसमेत गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पत्ति छानबिन सुरु गरौँ! मेरैबाट सुरु गरियोस्! अनि बालेन जी र सुदन जीको गरियोस्! स्रोत बिनाको भेटिए जफत गरियोस्!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *