`

बाढीका पीडित परिवारका सन्तानलाई विद्यालयदेखि उच्च शिक्षासम्म छात्रवृत्ति दिने सरकारको निर्णय

Nepal One HD २३ कार्तिक २०८३ ९:५०
बिशेष

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। त्यसपछि थप विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराइने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्।

निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित निकायमार्फत आवश्यक व्यवस्था गरिनेछ भने उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसको छात्रवृत्ति कोटामा समावेश गरिने मन्त्रालयले जनाएको छ।

‘प्रथम चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ। यसपछि पनि क्रमश: पहिचान गर्दै चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *