छठ पर्व मनाउन रवि लामिछाने जनकपुर जाने
बिशेष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधामस्थित गंगासागर पुग्ने भएका छन्। उनले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनकपुर जाने जानकारी दिएका हुन्।
पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै लामिछानेले तिहार र छठले नेपाली समाजमा सुख, शान्ति, समृद्धि तथा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेका छन्।
उनले यी चाडपर्वले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, प्रेम र एकतालाई मजबुत बनाउने बताएका छन्।
विविध जातजाति, भाषा, संस्कृति र परम्पराले भरिएको नेपाली समाजमा चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सहिष्णुता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
लामिछानेले तिहारलाई उज्यालो, उत्साह र उमङ्गको पर्व तथा छठलाई आस्था, श्रद्धा र समर्पणको प्रतीकका रूपमा उल्लेख गर्दै सबै नेपालीको जीवनमा नयाँ आशा र खुसीको सञ्चार होस् भन्ने कामना गरेका छन्।
छठ पर्व मनाउन जनकपुरधामको गंगासागर जाने उनको तयारीलाई धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिताका रूपमा हेरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
