`

झापामा २५ लाखभन्दा बढीको अवैध आयातित फूलमाला बरामद

Nepal One HD २३ कार्तिक २०८३ २०:४१
समाचार

झापा । सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ ।आज दिउँसो १२ः०० बजेतिर सशस्त्र प्रहरी बल नेपालको २ नं. गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका वडा नं. ५ स्थित देवीबस्ती इलाकामा रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरको फूलमाला बरामद गरेको गणपति सचिन कर्माचार्यले जानकारी दिए ।

बरामद गरिएका सयपत्री लगायतका फूलमालाहरू गणको कार्यालय परिसरभित्र खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा स्थानीय किसानले उत्पादन गरेको फूल नै तिहारमा पर्याप्त हुने जनाउँदै आयातित पूmल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *