`

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

Nepal One HD २४ कार्तिक २०८३ ११:२१
विश्व

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती क्षेत्रमा रहेको एक गार्मेन्ट उद्योगमा आइतबार साँझ भीषण आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि दिल्ली फायर सर्भिसका २५ वटा दमकल परिचालन गरिएको थियो । दमकलकर्मीहरूले लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

आगलागी नियन्त्रणमा आएलगत्तै घटनास्थलमा कुलिङ अपरेसन सञ्चालन गरिएको थियो । थप जोखिम हुन नदिन उद्धार, सुरक्षा र निगरानीको कामसमेत तीव्र पारिएको अधिकारीहरूले बताएका छन् ।

घटनाबाट उद्योगमा भएको भौतिक क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन । त्यस्तै, आगलागीमा मानवीय क्षति भए–नभएकोबारे पनि आधिकारिक जानकारी आउन बाँकी छ ।

यसैबीच, सम्भावित आगलागीका घटनामा तत्काल उद्धार तथा नियन्त्रण कार्य गर्न दिल्ली फायर सर्भिसले राजधानीका ७१ वटा दमकल केन्द्रलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

दमकल सहजै पुग्न नसक्ने साँघुरा गल्ली तथा दुर्गम स्थानमा छिटो उद्धार गर्न ५० वटा क्विक रेस्पोन्स भेहिकल र २० वटा फर्स्ट रेस्पोन्डर मोटरसाइकलसमेत परिचालन गरिएको छ ।

भारतीय सञ्चारमाध्यम जागरणका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *