एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णालीको यात्रा समाप्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। जसमा डेविड मलानले ३५ , कुशल मल्लले १५ रन हिर्काए।
जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे।यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो।
जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका रञ्जित कुमारले ३,सिकन्दर राजा र कमिल मिसराले २र२ विकेट लिए।
चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो।
सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँदा अब काठमाडौं,चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।
