`

नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

Nepal One HD २९ कार्तिक २०८३ १०:५३
अर्थ समाचार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नाफा उल्लेख्य रूपमा बढाएको छ ।

कम्पनीको सार्वजनिक भएको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भई १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तुलनात्मक रूपमा यस वर्षको पहिलो त्रैमासमा टेलिकमको नाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको देखिन्छ ।

यद्यपि, नाफामा उल्लेख्य वृद्धि हुँदा पनि कम्पनीको सञ्चालन आम्दानी भने लगभग स्थिर छ । समीक्षा अवधिमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो ।

यसअनुसार सञ्चालन आयमा १२ लाख ६० हजार रुपैयाँ अर्थात् करिब ०.०१ प्रतिशतको मात्र वृद्धि भएको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *