`

नेप्सेमा गिरावट

Nepal One HD २८ कार्तिक २०८३ १५:५५
अर्थ समाचार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४४ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ६४८.७७ विन्दुमा झरेर बन्द भएको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ३ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।

शुक्रबार ३३५ वटा धितोपत्रका ७८ लाख ४४ हजार २६७ कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा ११० कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.५६ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिकित्ता मूल्य ३५७ रुपैयाँ १० पैसा पुगेको छ । सामलिङ पावरको मूल्य पनि ५.८७ प्रतिशतले बढेर प्रतिकित्ता ४२१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यता, क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ । यसको प्रतिकित्ता मूल्य १ हजार ७८ रुपैयाँमा झरेको छ । घोराही सिमेन्टको मूल्य पनि ७.८७ प्रतिशतले घटेर प्रतिकित्ता ३५० रुपैयाँ १० पैसामा सीमित भएको छ ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट पहिलो स्थानमा रहेको छ । कम्पनीको प्रतिकित्ता ३५० रुपैयाँ १० पैसाका दरले ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५७५ रुपैयाँमा किनबेच भएको हो ।

शुक्रबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ९ वटामा गिरावट आएको छ भने ४ समूहको परिसूचक बढेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले उकालो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *