`

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवै गम्भीर घाइते

Nepal One HD २९ कार्तिक २०८३ ११:०१
अपराध

काठमाडाैं । सर्लाहीको हरिपुर्वा नगरपालिका-९ बसन्तपुरमा घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि अज्ञात समूहले क्रूर आक्रमण गरेको छ । मध्यराति भएको इँटा प्रहारबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन् ।

गएराति आफ्नै घरमा सुतिरहेका बेला पुगेको अज्ञात समूहले दम्पतीको टाउको र अनुहारमा इँटाले प्रहार गरेको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ । स्थानीय रविन्द्र यादवका अनुसार दुवैको अवस्था गम्भीर छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताएका छन् । आक्रमणमा संलग्न व्यक्ति र घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीमाथि कसले र किन आक्रमण गर्‍यो भन्ने अझै खुलेको छैन । हरिपुर्वा नगरपालिका-८ का वडाध्यक्ष रमेश यादवले पनि घटनाको कारणबारे जानकारी नभएको बताएका छन् ।

साथै, सुतिरहेका वृद्ध दम्पतीमाथि भएको यस आक्रमणले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *