`

प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे गृहजिल्लामा सम्मानित

Nepal One HD २९ कार्तिक २०८३ १२:२३
नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे गृहजिल्ला पाँचथरमा सम्मानित भएका छन् ।

कांग्रेस संसदीय दलको नेता हुँदै प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारीमा पुगेर राष्ट्रिय राजनीतिमा प्रभावशाली राजनीतिज्ञको पहिचान बनाउँदै जिल्लाको गौरव बढाएको भन्दै आङ्देम्बे सम्मानित भएका हुन् ।

आङ्देम्बेले सदनमा प्रतिपक्षी नेताको हैसियतमा जनजीविका, राष्ट्रियता र राष्ट्रिय सरोकारका विषय उठाउँदै सरकारलाई खबरदारी गर्दै आएको सम्मान गर्ने थर्पु मा.वि.का प्रधानाध्यापक प्रेमबहादुर दाहालले बताए ।

आङ्देम्बे सम्मानित कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, वरिष्ठ लोकगायक पूर्ण काम्बाङलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *