युएन पार्क अगाडि भवनमा आगलागी
समाचार
काठमाडौं । ललितपुर महानगरपालिका-१० स्थित एक भवनमा आगलागी भएको छ। शनिबार दिउँसो वडा नं. १० को कार्यालयसँगै रहेको भवनमा आगलागी भएको हो।
युएन पार्कको ठीक अगाडि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामको रेस्टुरेन्ट सञ्चालनमा थियो। भवनमा अचानक आगो लागेपछि स्थानीयवासी तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेका थिए।
त्यस्तै, दमकलको सहायतामा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी परिसर जावलाखेलले जनाएको छ।
आगलागीबाट भवनमा भएको क्षति तथा मानवीय क्षतिबारे भने विस्तृत विवरण प्राप्त भएको छैन। साथै, आगलागीको कारण भने खुल्न बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
