`

असलङ्काको अर्धशतकमा विराटनगरले बनायो १६६ रन, लुम्बिनीले जित्नुपर्ने १६७

Nepal One HD २९ कार्तिक २०८३ १९:१९
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनायो।

विराटनगरका चरिथ असलंकाले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले। शुभम रञ्जनेले ३१ र इमरान शेखले २४ रन बनाए। लुम्बिनीका किशोर महतोले २ तथा रुबेल ट्रम्पलमेन र अभिषेक गौतमले एक–एक विकेट लिए।

लिग चरणको अन्तिम खेल खेलिरहेका दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी जितसँगै ११ अंक जोडेर शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। हाल ६ अंक रहेको विराटनगरलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। पराजित भए विराटनगर प्रतियोगिताबाट बाहिरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *