`

एनपीएलमा आज कर्णाली–चितवन र काठमाडौं–पोखराबीच प्रतिस्पर्धा

Nepal One HD ३० कार्तिक २०८३ ८:५६
खेलकुद

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे कर्णाली याक्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा साँझ ५ बजे काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

प्लेअफ समीकरणका लागि काठमाडौं र पोखराबीचको खेल महत्वपूर्ण मानिएको छ। पोखरालाई हराउन सके काठमाडौं पहिलो क्वालिफायरमा पुग्नेछ। यता चितवनका लागि पनि कर्णालीविरुद्धको खेल प्लेअफ सम्भावना बलियो बनाउने अवसर हुनेछ।

यसअघि लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको थियो। हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *