`

गगन थापाद्वारा प्रदीप गिरि फेलोसिप कार्यक्रम उद्घाटन

Nepal One HD १ मंसिर २०८३ १७:५५
राजनीति

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता र संघीयता कार्यान्वयनपछि मुलुक र प्रजातन्त्र थप बलियो भएको बताएका छन् ।वीरगञ्जमा स्वर्गीय प्रदीप गिरि फेलोसिप कार्यक्रम उद्घाटन गर्दै थापाले गिरिका विचार, लेख र दर्शनले समावेशिता तथा संघीयताबाट लोकतन्त्र बलियो हुने दृष्टिकोण प्रस्तुत गरेको बताए ।

प्रदीप गिरि इन्स्टिच्युटले नयाँ पुस्तालाई गिरिका विचार, दर्शन र मूल्यमान्यतासँग जोड्ने उद्देश्यले तीन विधामा फेलोसिप तथा पुरस्कार कार्यक्रम घोषणा गरेको छ ।

कार्यक्रमअन्तर्गत अनुसन्धान तथा लेखन फेलोसिप, चार जना कानुन व्यवसायीका लागि एकवर्षे न्याय फेलोसिप र उत्कृष्ट प्रकाशित निबन्धका लागि वार्षिक पुरस्कार प्रदान गरिनेछ ।फेलोसिपमा दलित, मधेसी, आदिवासी जनजाति, महिला तथा काठमाडौं उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइने इन्स्टिच्युटले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *