`

हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

Nepal One HD २ मंसिर २०८३ १८:५२
अर्थ समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ। भारतीय केन्द्रीय विद्युत् प्राधिकरणले मङ्सिर १ देखि २०८४ साउन १५ सम्म दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।

यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान गरिएको छ। विशेषगरी माघ र फागुनमा दैनिक ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ। पिक आवरमा भने ८०० देखि ९०० मेगावाटसम्म आयात आवश्यक पर्ने अनुमान छ।

यसैगरी, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *