कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अध्यावधिकमा ढिलाइ, थप कागजात बुझाउन निर्देशन
नेपाली कांग्रेस
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अध्यावधिक हुन ढिलाइ भएको छ।
आयोगले मागेका थप कागजातमध्ये एउटा बुझाउन बाँकी रहेपछि कांग्रेसलाई बुधबारसम्म पेस गर्न भनिएको छ। नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते कार्यसमिति अध्यावधिकका लागि आयोगमा कागजात बुझाएको थियो।
यसैबीच, शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। उक्त समूहले आफ्नो तयारीबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
