`

एनपीएलमा अर्धशतकको संख्या २४ पुग्यो, युवराज सामरा एक्ला शतककर्ता

Nepal One HD २ मंसिर २०८३ २१:३२
खेलकुद

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको संख्या २४ पुगेको छ। लुम्बिनी लायन्सका निरोशन डिक्वेलाले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक बनाएसँगै प्रतियोगितामा अर्धशतक संख्या २४ पुगेको हो।

जारी प्रतियोगितामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन अर्धशतक बनाएका छन्। त्यस्तै, कुशल भुर्तेल, युवराज सामरा, राशिद खान र लोकेश बमले दुई-दुई अर्धशतक प्रहार गरेका छन्।

यस सिजनमा पोखरा एभेन्जर्सका युवराज सामरा मात्रै शतक प्रहार गर्ने खेलाडी बनेका छन्। उनले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पूरा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *