एमाले राष्ट्रिय भेलामा सहभागी हुन नेताहरूको आगमन सुरु (तस्वीरहरू)
फोटोफिचर
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुन पार्टीका केन्द्रीय कमिटी सदस्यदेखि विभिन्न तहका नेता तथा प्रतिनिधिहरू काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेट पुग्ने क्रम सुरु भएको छ।
आज बिहान ११ बजेदेखि सुरु हुने भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। कार्यक्रममा वरिष्ठ नेतृ विद्यादेवी भण्डारीसहित पार्टीका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहने बताइएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको













