`

फास्ट ट्र्याकको लामो सुरुङको राष्ट्रपतिले गरे ‘ब्रेक थ्रु’ (तस्वीरहरू)

Nepal One HD ३ मंसिर २०८३ ११:४४
अर्थ समाचार

काठमाडौं । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण भइरहेको सबैभन्दा लामो सुरुङको दायाँ भाग छिचोलिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।

यसअघि ३.४८६ किलोमिटर लम्बाइको सोही सुरुङको बायाँ भाग गत भदौमा छिचोलिएको थियो। दुवै भागको ब्रेक थ्रुसँगै महादेवटार सुरुङ निर्माणको महत्त्वपूर्ण चरण पूरा भएको छ।

करिब ७१ किलोमिटर लामो द्रुतमार्ग आयोजना २०८६ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *