`

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी जम्मा

Nepal One HD ३ मंसिर २०८३ १५:३१
अर्थ समाचार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सरकारले सञ्चालन गरेका उद्धार तथा राहत कोषमा १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौवटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँको मौज्दात १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ पुगेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

बाढी प्रभावितका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *