`

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

Nepal One HD ४ मंसिर २०८३ ११:०६
फोटोफिचर
काठमाडौं । विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो।

बिहीबार बजेसम्मको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ।

आईक्यूएयरको सूचीमा पाकिस्तानको लाहोर सबैभन्दा प्रदूषित सहरका रूपमा पहिलो स्थानमा छ। लाहोरको एक्यूआई ३२५ रहेको छ। त्यस्तै, २५६ एक्यूआईसहित बंगलादेशको ढाका दोस्रो स्थानमा छ।

काठमाडौंलाई पछ्याउँदै भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो स्थानमा छ। पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा रहेका छन्।

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेपछि जनस्वास्थ्यमा जोखिम बढेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, एलर्जी र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्छन्।

वायु प्रदूषणको यस्तो अवस्थामा बाहिर निस्कँदा सावधानी अपनाउन र अनावश्यक खुला वातावरणमा लामो समय नबस्न स्वास्थ्य विज्ञहरूले सुझाव दिने गर्छन्।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *