निर्वाचन निष्पक्ष बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ – गगन थापा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचन आयोगसँगै सरकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचनको वातावरण निर्माण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको बताए ।
उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा फरक समयमा गर्ने विषयमा सरकारले स्पष्ट प्रस्ताव ल्याउनुपर्ने धारणा राखे । निर्वाचन खर्च, आचारसंहिता र प्रशासनिक व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
थापाले दलित, अपाङ्गता भएका व्यक्ति तथा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माण र कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
