`

एनपिएल फाइनलको टिकट केही मिनेटमै सकियो, दुई लाखले गरे खरिद प्रयास

Nepal One HD ५ मंसिर २०८३ १९:५९
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

टिकटको माग अत्यधिक भए पनि मैदानको सीमित क्षमताका कारण सबै टिकट बिक्री भएको क्यानले जनाएको छ । टिकट नपाएका दर्शकसँग क्षमायाचना गर्दै क्यानले आधिकारिक अनलाइन प्लेटफर्ममार्फत खेल हेर्न आग्रह गरेको छ ।

एनपिएलको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *