`

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, ३१ खेलका खेलाडी बन्द प्रशिक्षणमा

Nepal One HD ४ मंसिर २०८३ १४:०९
खेलकुद

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई लक्षित गर्दै खेलाडी छनोट र बन्द प्रशिक्षणका काम अघि बढाइएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन् ।

त्यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट तालिका सार्वजनिक गरिसकेको छ । कात्तिक २७ देखि मंसिर ४ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन गर्ने र ३१ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी छ ।

प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् । बाँकी खेल नेपालगञ्ज, बर्दिया, दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुममा आयोजना गर्ने योजना छ ।

यद्यपि, प्रतियोगिता सुरु हुन समय कम रहँदा खेलाडी छनोट र प्रशिक्षणमा भएको ढिलाइले तयारी व्यवस्थापनमाथि प्रश्न उठिरहेको छ ।

साथै, कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको उद्घाटन मंसिर १६ गते वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *