`

चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण

Nepal One HD ७ मंसिर २०८३ १२:४०
विज्ञान-प्रविधि
एजेन्सी। चीनमा पखेटाविनै उड्न सक्ने कारको प्रोटोटाइपले पहिलो पटक सफल परीक्षण उडान गरेको छ ।
मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सा सहरमा शनिबार उक्त कारले परीक्षण उडान भरेको हो ।

विशेष प्रविधिमा आधारित यो उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली जडान गरिएको छ । उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिट कारको बाहिरी आवरणभित्रै राखिएको छ ।

परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नभएको यो कारलाई व्यक्तिगत हवाई यातायातको नयाँ विकल्पका रूपमा विकास गरिएको हो । यसको डिजाइनले पखेटाबिनै उडान गर्न सक्ने प्रविधिको सम्भावना देखाएको छ ।

एक जना यात्रुका लागि तयार गरिएको प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम छ । यसले १२० किलोग्रामसम्म भार बोक्न सक्ने बताइएको छ ।

पखेटाविहीन उड्ने कारको सफल परीक्षणलाई व्यक्तिगत हवाई यातायात प्रविधिमा नयाँ प्रयोगका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *